पहिलोपटक प्लाज्मा थेरापीबाट ज्यान बचाएका डाक्टर के भन्नुहुन्छ ? (भिडियो रिपोर्ट)

काठमाडौं– नेपालमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमणको उपचार गराउनु भएका ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोना संक्रमणलाई परास्त गर्न एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।

पेशाले चिकित्सक एवं विराट मेडिकल कलेज तथा विराट नर्सिङ होमका अध्यक्ष समेत रहनुभएका कार्कीले कोरोनाबाट जोकोही पनि संक्रमित हुन सक्ने भएकोले उच्च मनोबलका साथ यसका विरुद्ध लाग्न नेपाल टेलिभिजनका मनोहरि थापासँगको भर्चुअल कुराकानीका क्रममा बताउनु भएको हो ।

कोरोनाबाट संक्रमित डाक्टर कार्की त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीपछि कोरोना भाइरसमुक्त भई काठमाडौंकै ग्राण्डी अस्पतालमा आराम गरिरहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.