सिरहाको गोल बजारमा आज पनि सडक अवरुद्ध

सिरहा- स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पिडित पक्षले पुनः सिरहाको गोलबजारमा चक्का जाम गरेका छन् ।

चक्का जामका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार सयौं सवारीका साधनहरु रोकिंदा गन्तव्यतर्फ हिंडेका यात्रुहरु बीच बाटैमा अलपत्र परेका छन् ।

मृत्युको विषयलाई लिएर हिजो पीडित पक्षले चक्का जाम गराउँदा स्थानीय प्रशासन र स्थानीय सरकारका प्रतिनिधिले २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कार्वाही गरिने, पीडित पक्षलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार खर्च दिने प्रतिबद्धता गरेपनि आफूहरुको कुनै माग पूरा नभएको भन्दै प्रशासनविरुद्ध पुनः आज चक्का जाम गरेको पिडितपक्षको भनाइ छ ।

शनिवार बेलुका बजार भरेर फर्किने क्रममा युवाहरुबीच सामान्य विवादको क्रममा छुरा हानाहान हुँदा गोलबजार नगरपालिका- ६ डोहटियाका २६ वर्षिय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय निकेश सदा घाइते भएका थिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.