एमालेले चुनावी तालमेल गर्दैन : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभएको छ ।

प्रदेशस्तरीय चुनावी प्रशिक्षण कार्यक्रमलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्तरमा चुनावी तालमेल नहुने बताउनुभयो । ‘स्थानीय तहले स्थानीय स्तरमा तालमेल गरेछ भने बेग्लै कुरा हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रियस्तरमा चुनावी तालमेल गर्दैनौं ।’

अध्यक्ष ओलीले पार्टीले तालमेल गर्छ कि फेरि एकता गर्छ कि भन्ने नसोच्न अपिल गर्नुभयो । ‘त्यस्तालाई अब नो इन्ट्री,’ उहाँको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले एमालेलाई जनताको विश्वास रहेकाले तालमेल आवश्यक नरहेको बताउनुभयो ।

कानून नहुँदा पनि स्थानीय तहका पहिलो जनप्रतिनिधिले उल्लेख्य काम गरेको बताउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.