चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

काठमाडौं- प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.