सत्ताघटककै कार्यकर्ताबाट आन्दोलन भएकामा अध्यक्ष ओलीको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकामा आपत्ती प्रकट गर्नुभएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आज आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताउनुभयो ।

उहाँले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएको बताउनुभयो । आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.