चितवनमा नयाँ प्रजातिको चरा फेला पर्‍यो

चितवन- हिमाली क्षेत्रमा मात्र पाइने ‘सल्ने बगेडी’ चरा चितवनमा पहिलो पटक फेला परेको छ ।

यो चरा चितवनको गैडा शिब मन्दिर नजीकै रहेको सिसौको बोटमा फेला परेको हो ।

बगाले बगेडी चरा अध्ययन र अनुगमन गर्ने क्रममा उक्त चराको फोटो चुडामणी चौधरीले खिचेका थिए ।

यो चरा चितवनमा हालसम्म फेला नपरेको र पहिलो पटक फेला परेको बर्ड एजुकेसन सोसाईटीका अध्यक्ष रमेश चौधरीले बताउनु भयो ।

यो चरा २ हजार ४ सय ४० देखि ३ हजार ५० मिटरसम्मको उचाएमा पाइन्छ ।

अनुगमनको क्रममा एक जोडी सल्ने बगेडी फेला परेको हो ।

नेपालमा १५ प्रजातीको बगेडी पाइने गरेकोमा यो समेत चितवनमा मात्र १० प्रजातीको बगेडी पुगेको छ ।

लजालु स्वभाबको यो चरा घाँसे मैदान र खेतबारीको वरीपरी पाइने गर्दछ ।

हिमाली क्षेत्रमा चिसो बढेको कारण उक्त चरा तराईतिर झरेको हुनसक्ने पंछी बिज्ञहरुले बताएका छन् ।

खास्गरी, यो चरा युरेपमा पाइने र नेपाल लगाएत एसियाको चिन अफगानिस्तानमा पनि पाइने गर्दछ ।

यो नयाँ प्रजातीको बगेडी फेला परेपछि चितवनमा चराको प्रजाती ६ सय ५९ पुगेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.