कार्यव्यवस्था बैठक जारी, एमसीसी अनुमोदनको गृहकार्य

काठमाडौं– संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने गृहकार्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

संसद भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा प्रमुख विपक्षी एमाले भने उपस्थित छैन ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलगायतको उपस्थिति छ ।

यसअघि कांग्रेसबाहेक गठबन्धनमा रहेका दलहरुले एमसिसी अनुमोदन गर्ने सम्बन्धमा स्पष्ट निर्णय नलिइसकेका कारण संसद्मा टेबल भए पनि एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल हुन सकेको थिएन ।

दिउँसो १ बजे बैठक सुरु हुने भनिए पनि तयारीका लागि केही ढिला भएको छ ।

दलहरुबीच विभिन्न चरणका छलफल र बहसपछि प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने कार्यसूची तय गरिएको छ ।

सत्ता गठबन्धनका दलहरुबीचको सहमतिपछि संसद्को पहिलो बैठकमा सैद्धान्तिक छलफलपश्चात् ‘व्याख्यात्मक टिप्पणी’का सम्बन्धमा सांसदबाट माग भएपछि सभामुखले सरकारलाई ‘रुलिङ’ गर्नुहुनेछ । त्यसपछिको दोस्रो बैठकमा दफावार छलफल हुने र व्याख्यात्मक टिप्पणीका सम्बन्धमा मन्त्रिपरिषदबाट निर्णय गरेर सरकारले बैठकमा जानकारी गराउने तय भएको छ । उक्त प्रक्रियापछि मात्र एमसिसी सम्झौता अनुमोदन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.