संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिको मुद्दामा अन्तरिम आदेश भएन

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले आज संवैधानिक परिषद्सम्बन्धी र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइमा अन्तरिम र कारण देखाउ आदेश जारी छ । नियुक्त भएका ५२ जनै पदाधिकारीका नाममा म्याद जारी गरी सुनुवाइको मौका दिने आदेश भएको छ ।

निवेदकलाई ५२ जनाको वतन खुलाउन भनिने र वतन खुले पछि उहाँहरूको नाममा चाँडै म्याद जारी हुने बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.