कांग्रेस बैठकः नेताहरुको बोल्ने क्रम जारी, अर्को बैठक आइतबार

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार नेताहरुको बोल्ने क्रम सुरु भएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियार र प्रदेश सभापतिहरु— उद्धव थापा (प्रदेशन नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक चैत्र १३ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।






प्रतिक्रिया राख्नुहोस्