एमाले सरकारका उपलब्धिलाई जनतामा लान अध्यक्ष ओलीको निर्देशन

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ ।

आशन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।”

एमालेका उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गर्नुभयो । भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गत निर्वाचनमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी हुनुहुन्छ ।

एमाले एक्लै चुनाव लड्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताउनुभयो । उहाँले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गर्नुभयो ।

त्यसअवसरमा व्यवसायी दुर्गा प्रसार्इंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.