अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १:२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।

गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.