काभ्रेमा स्थानीय निर्वाचन : मनोनयन दर्तासँगै दलहरु घरदैलोमा व्यस्त

काभ्रे- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरू घरदैलोमा व्यस्त हुन थालेका छन् ।

आफ्नो पक्षमा मत ल्याउनका लागि मत माग्ने फरक फरक पद्धति अपनाएका छन् सबै नगरपालिकाका तथा गाउँपालिकाका प्रमुख उपप्रमुख ,वडा अध्यक्ष ,सदस्यहरू आ–आफ्नै ऐजेण्डा लिएर घरदैलोमा व्यस्त हुन थालेका हुन् ।

काभ्रेका ६ नगरपालिका र ७ गाउँपालिका छन् । जिल्लामा विशेषगरी, गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमाले विच प्रतिस्पर्धा हुने देखिएको छ ।

मनोनयन दर्तासँगै दलका समर्थकहरुले पछिल्ला दिन निर्वाचनका लागि नियमित जस्तो नारा जुलुश निकाल्न सुरु गरेका छन् । मुख्य शहर मात्रै नभई, गाउँगाउँमा चुनाव प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् ।

जिल्लामा ३० वटा दल दर्ता भएका छन् भने ३ सय ८१ मतदान केन्द्र र १ सय ८९ मतदान स्थलबाट ३ लाख ३ हजार ५ सय ६० जना मतदानमा सहभागि हुदैछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.