नेपाल नामिबियासँग ४० रनले पराजित
आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित / नेपालले दोस्रो खेल भोलि स्कटल्याण्डसँग खेल्ने ।।
आइसीसी विश्वकप लिग-टु त्रिकोणात्मब एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।
२२१ रनको प्रतिस्पर्धात्मक लक्ष्य बोकेको नेपालले खराब ब्याटिङका कारण १ सय ८० रनमा समेटिदै हार व्यहोरेको हो ।
स्कटल्याण्डको क्याम्बुस्दुन न्यु ग्राउण्डमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबिया ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रनमा समेटिएको थियो ।
नामिबियाका लागि छैटौं नम्बरमा आएका ब्याटर निकोल लोफ्टी एटोनले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेलेका थिए ।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले चार विकेट लिएका थिए भने सोमपाल कामीले दुई विकेट हात पारेका थिए ।
२२२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको नेपाल ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमा समेटिएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रनको अर्धशतकीय अविजित पारी खेल्दा अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनाल ३४ रनमा कुशल भुर्तेल २७ रनमा आउट भएपछि नेपालले पहिलो खेलमै हार व्यहोरेको हो ।
नेपालले अब आफ्नो दोस्रो खेल भोलि घरेलु टोली स्कटल्याण्ड विरुद्ध खेल्नेछ । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो । नामिबियासँगको हारसँगै नेपाल छैटौं स्थानमा ओर्लिएको छ भने नामिबिया भने पाँचौं स्थानमा उक्लिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्