प्रतिनिधिसभामा बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गाविन्द शर्मा (कोइराला) ले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको उक्त आदेश सदनसमक्ष पेस गर्नुभयो । दुवै आयोगको २०७९ असार मसान्तसम्मको अवधि रहेकामा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि असोज मसान्तसम्म समयावधि थप गर्ने मन्त्रिपरिषद्को असार ३१ को निर्णयअनुरुप बाधाअड्काउ फुकाउ आदेश पेस गरिएको हो ।

त्यसैगरी बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उक्त पत्रमा अर्थमन्त्री जनार्दन शर्मालाई नियुक्त गरिएको ब्यहोरा उल्लेख छ ।

संसदीय समितिमा हेरफेर
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुभएको हो । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो ।

हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.