प्रहरी समायोजन नभएको भन्दै मधेसका मुख्यमन्त्रीसहित मन्त्रीहरु धर्नामा

धनुषा– प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा बसेका छन् ।

संघीय सरकारविरुद्ध उनीहरूले आइतबार बिहानैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका हुन् । धर्ना एक सातासम्म चल्ने बताइएको छ ।

पहिलो चरणमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु र सांसदहरु आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादव, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव, गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, प्रदेशसभा सदस्यहरु शैलेन्द्र यादव, चमेलीदेवी दास, सरस्वती चौधरी, प्रमिलादेवी दास लगायतकाहरु सहभागी छन् ।

धर्नामा हरेक दिन पालैपालो मन्त्रीहरु बस्नेछन् । बिना प्रहरी प्रशासन, शान्ति सुरक्षाको अधिकार सहित सरकार चलाउन गाह्रो भएका मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । संविधानले दिएको अधिकारमा समेत जालझेल हुनु दुखद रहेको मुख्यमन्त्री राउतको तर्क छ ।

गत साउन २२ गते प्रदेश प्रमुख मार्फत संघीय सरकारलाई सातदिने अल्टिमेटम सहित ध्यानाकर्षणपत्र बुझाइए पनि चासो नदिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.