नागरिकता विधेयक नेपाल र नेपालीको हितमा : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयक नेपाल र नेपालीको हितमा रहेको भन्दै यसको विरोध गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँडले नेपाली नागरिक भएर पनि अनागरिक बन्ने अवस्था आउन नदिन विधेयक ल्याइएको स्ष्ट पार्नु भयो । नागरिकता नहुँदा कतिले आफ्ने दैनिकी गुजार गर्न समेत कठिन भएको गुनासोलाई मेट्न सरकारले नागरिकता विधेयक पारित गरेको बताउनुभयो ।

गृहमन्त्रीले श्रीकृष्ण भगवान्ले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ ।  उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो ।

विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो ।

उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.