कार्यदल बैठक आज पनि, कसको दाबी कति ?

काठमाडौं– सत्ता गठबन्धनकबीच सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदल बैठक आज पनि बस्ने भएको छ।
शुक्रबार अपरान्ह साढे ४ बजे प्रधान मन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने भएको छ। आजको बैठक विशेष गरी प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रित रहने बताइएको छ। ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे आजको बैठकमा विस्तृत छलफल गर्ने तयारी रहेको छ। कांग्रेसले गठबन्धन गर्ने ठाउँमा संघ वा प्रदेशका प्रत्येक क्षेत्रहरूमा कम्तिमा एक सिट आफूले पाउनुपर्ने दाबी गरिरहेको छ। अरू दलहरूले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन्।
कार्यदल बैठकमा नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ। कार्यदलले तयार गर्ने प्रतिवेदनको आधारमा शीर्ष तहबाट सिट बाठफाँडको अन्तिम टुङ्गो लाग्ने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्