२३० जनामा सङ्क्रमण पुष्टि, मृत्युदर शून्य

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.