सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको भेट

काठमाडौं- नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ ।

फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नु भयो ।

उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.