संविधान दिवसको अवसरमा एमालेको पदयात्रा
काठमाडौं- नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो ।
पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो ।
पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए । संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो ।-
प्रतिक्रिया राख्नुहोस्