पीएसजीको जित

ब्राजिलियन स्ट्राइकर नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित दर्ता गरेको छ ।
फ्रेन्च लिग १ अन्तर्गत पीएसजीले घरेलु मैदानमा मार्सेलोलाई १-० गोलले पराजित गरेको हो । पार्क डेस प्रिन्सेस खेल मैदानमा आज बिहान सम्पन्न खेलको पहिलो हाफमा नेयमारले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफको इन्जुरी समयमा किलेन एमबाप्पेले दिएको पासमा नेयमार गोल गर्न सफल भएका थिए ।
निकै रोमाञ्चक भएको खेलको ७२ औ मिनेटमा नेयमारलाई फल गरेबापत स्यामुयल जिगटले रातो कार्ड पाएपछि मार्सेलो १० खेलाडीमा सिमित भएको थियो । यो जितसँगै पीएसजी ११ खेलमा अपराजित रहँदै २९ अंक सहित शीर्ष स्थानमा रहन सफल भएको छ ।






प्रतिक्रिया राख्नुहोस्