आज धन्वन्तरि जयन्ती मनाइँदै

काठमाडौं- आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ । आचार्य धन्वन्तरि प्रादुर्भाव भएको यस दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाइन्छ ।

जडीबुटीमा आधारित उपचार पद्धति आयुर्वेद ५ हजार वर्ष पहिले धनवन्तरीले नै सुरु गर्नु भएको शास्त्रहरुमा उल्लेख छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

वि.सं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद चिकित्सालयको स्थापना भएपछि नेपालमा धन्वन्तरि जयन्ती सङ्गठित रूपमा मनाउन थालिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.