एकीकृत समाजवादी २ स्थानमा अगाडि

काठमाडौं– धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मत गन्दा ३१९ मतसहित अग्रता लिनुभएको छ । पाण्डेले एमालेका भूमि त्रिपाठीलाई पछि पार्नुभएको छ ।

सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि अग्रता लिनुभएको छ । ज्वालापछि स्वतन्त्र उम्मेदवार राजेन्द्र शाह र एमालेका राजेन्द्रवीर राय हुनुहुन्छ ।

एकीकृत समाजवादीले देशभर २० स्थानमा उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.