दोलखामा पुनः माओवादी केन्द्रका उम्मेदवार कार्कीको अग्रता

दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले फेरी ११ सय ९५ मतले अग्रता लिनुभएको छ ।
हालसम्मको मतगणनामा कार्कीले ३५ हजार सात सय ९० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार पाँच सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।-






प्रतिक्रिया राख्नुहोस्