डोटीका किसानलाई कृषि सामाग्री वितरण

डोटी- डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ का एक सय पन्ध्र जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । जी आइ जेटमार्फत जैविक बिबिधता अनुसन्धान तथा बिकासका लागि स्थानीय पहल कार्यक्रम अन्तर्गत बडीकेदार गाउँपालिकाका कृषकलाई ती कृषि सामग्री बितिरण गरिएको हो ।

कृषि कार्य गर्न सजिलो होस् भन्ने उधेश्यले बिभिन्न कृषि सम्बन्धी सामाग्री प्लाष्टिक ड्रम, हजारी, पोलिहाउस, थोपा सिचाई, प्लाष्टिक पोखरी, सिकेचर, स्प्रे ट्यांकी, कीरा नियन्त्रक पासो लगायत १५ लाख रुपैया बराबरको कृषि सामाग्री वितरण गरिएको जी आइ जेटका प्रविधिक सन्तोस जोशिले बताउनु भयो ।

कार्यक्रम अन्तर्गत कृषि औजार सामाग्रीसँगै बिउबिजन आवश्यक क्षमता बिकास तालिमहरु पनि दिरहेको बताइएको छ ।

कृषि सामग्रीको उपयोग गरेर राम्रो उतपादन गर्न सके बडिकेदार गाउँपालिका वडा नम्बर २ ले पनि कृषि क्षेत्रमा लगानी गर्ने बडिकेदार गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेम घर्तिमगरले बताउनु भयो ।

पहिले परम्परागत रुपले कृषि गर्दै आएकोमा त्यति धेरै उत्पादन हुन् नसकेको र अहिले उपलब्ध भएका कृषि सामाग्रीले आधुनिकीकरण संगै कृषि उत्पादन बढ्ने किसान भिम बहादुर बिठारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.