कोरोना रोकथामका लागि लगाइएका प्रतिबन्धहरूविरुद्ध यूरोपेली शहरमा विरोध प्रदर्शन

काठमाडौं- कोरोनाभाइरसको संक्रमण रोकथामका लागि सरकारले लागू गरेका प्रतिबन्धहरूका विरुद्धमा जर्मनीको राजधानी बर्लिनमा सडक प्रदर्शनहरू भएपछि प्रहरीले तीन सयजना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

करिब ३८ हजार मानिस प्रदर्शनहरुमा सहभागी भएका थिए । एउटा विरोध प्रदर्शनबाटै झण्डै दुई सयजनालाई हिरासतमा लिइएको छ । उक्त प्रदर्शनमा दक्षिणपन्थी धारका मानिसहरू सामेल भएको र तिनीहरूले ढुङ्गा र बोतलहरू फ्याँकेको आरोप अधिकारीहरूको लगाएका छन् ।

सोही प्रकारका विरोध प्रदर्शनहरू फ्रान्सको प्यारिस, अष्ट्रियाको भियना, स्वीट्जरल्याण्डको ज्यूरिख लगायतका अन्य यूरोपेली शहरहरूमा पनि भएका छन् ।

लण्डनको ट्र्याफ्याल्गर स्क्वायरमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरूका विरुद्धमा मानिसहरूले प्रदर्शनहरू गरेका छन् । केही प्रदर्शनकारीहरूले भाइरसलाई बढाइँचढाइँ गरिएको पनि भनेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.