एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्नुहुँदै परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गर्नुभएको हो ।

परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । यसपटकको एसईई परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् ।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु भइसकेको छ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.