ज्वाला मन्त्री भएपछि सिंगो कर्णालीमा खुसीसँगै अपेक्षा पनि

काठमाडौं- नवनियुक्त भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानको धेरै भुभाग ओगेटेको राप्ती लोकमार्ग जिर्ण हुँदा बर्षेनी दुःख पाइरहेका दाङ, सल्यान रुकुमबासीले ज्वाला मन्त्री भएपछि सो लोकमार्ग स्तरउन्नती हुने बिश्वास व्यक्त गरेका छन् ।

बिभागीय मन्त्रालय समेत सम्हालेपछि सबैको चासो बढेको हो । ज्वाला मन्त्री हुन बितिकै सामाजिक संजालमा बधाईसँगै सबैको माग जिर्ण सडकको स्तरउन्नती हुने बिश्वास व्यक्त गरिएको छ । त्यतिमात्र होइन प्रकाश ज्वाला काम गर्न सक्ने व्यक्ती भएकै कारण सिंगो कर्णालीबासीमा खुसी र अपेक्षा पनि उत्तिकै छ ।

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्वाला नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको हो । ज्वाला गएको मंसिर ४ गते भएको आमनिर्वाचनमा सल्यानबाट ३५ हजार ७ सय मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो ।

२०२३ मंसिर १२ गते सल्यानको देवस्थलमा जन्मनुभएका ज्वाला राजनीतिक यात्रा निकै सङ्घर्षशील हुनुहुन्छ । पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताउनुभएका उहाँ २०७४ मा सल्यान प्रदेशसभा (ख) बाट प्रदेशसभा चुनाव जितेर प्रदेश सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुनुहुन्छ ।

२०५१ को आमनिर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ज्वाला ०५६ को आम निर्वाचनाट नेकपा एमालेका तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यस्तै ज्वालाले २०७० सालमा समेत चुनाव जित्नुभयो । २०६२-०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएर लाग्नुभयो ।

राजनीतिक यात्राकै क्रममा प्रकाशबहादुर बुढाथोकीबाट ‘प्रकाश ज्वाला’ का रूपमा उहाँको परिचय बनेको थियो । १० वर्ष नेकपा एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका उहाँले सल्यानमा प्रभावशाली नेताको छवि बनाउनुभएको छ ।

शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भई प्रभावकारी भूमिका निभाएका उहाँले प्रतिनिधिसभा राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा जमिनलगायत सम्पत्ति छानबिनमा काम गरेर निकै लोकप्रियता कमाउनुभएको थियो ।

ज्वालाले एमाले पोलिटव्यूरो सदस्य, केन्द्रीय संगठन विभागका सदस्यसँगै राप्ती अञ्चल समन्वय कमिटी संयोजक भएर तत्कालीन पार्टी नेतृत्वमा योगदान दिनुभयो । ज्वालाको परिचय लेखकका रूपमा पनि परिचित छ ।

उहाँका प्रतिनिधि सभामा प्रकाश ज्वाला, एक्काइसौँ शताब्दी समाजवादको शताब्दी, वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन लगायतका कृषिहरू प्रकाशित छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उहाँ तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार (२०६७–२०६८) भएर समेत काम गर्नुभएको थियो ।

२०७४ मा एमालेबाट प्रदेशसभा (ख) मा निर्वाचित उहाँले कर्णाली प्रदेशको पहिलो अर्थमन्त्री भएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेकपा भित्रको अन्तरसंघर्षका क्रममा उहाँले माधव कुमार नेपाल खेमाको नेतृत्व गर्दै ओली पक्षधरको विरुद्धमा विद्रोह गर्नुभयो भने उहाँ सहित चारजना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगिएको थियो ।

ज्वालाको उक्त विद्रोहको बिउ भनेको अहिलेको सत्ता गठबन्धन हो । उहाँको विद्रोहले कर्णालीमा गठबन्धनको आधार तयार भएको थियो । विद्रोहको नेतृत्व गरेका ज्वालासहित चार जनालाई एमालेले निष्कासन ग¥यो । त्यसपछि नेकपा हुँदै एमाले विभाजन भयो ।

माधव नेपालले गठन गरेको एकीकृत समाजवादीको उपमहासचिव एवं प्रदेश इन्चार्जको जिम्मेवारी पाएका उहाँले माधव नेपाललाई कठिन परिस्थितिमा साथ दिँदै आउनुभएको छ । सल्यानबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि ज्वालाले सल्यानी जनताको हितमा काम गर्ने थियो ।

उहाँले राप्ती राजमार्गसँगै शिक्षा, स्वास्थ्य, कृषि, खोनपानी, बिद्युत्त र पर्यटनका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । ज्वालाले जनता र जनजिविकाका सवालमा सडकदेखी सदनसम्मै आवाज उठाउदैँ आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.