नागढुङ्गा-मलेखु खण्डमा सडक फराकिलोसँग पुल निर्माणको कामले गति लिंदै

धादिङ- सडक स्तरोन्नतीसहित निर्माणको काम भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग क्षेत्रको विभिन्न खोला र खोल्साहरुमा पर्ने पुल निर्माणको कामले तीव्रता पाएको छ ।

नौबिसेदेखी मलेखुसम्म १६ ओटा पुलहरु रहेका छन् । तीमध्ये १३ ओटा भने नयाँ निर्माण हुनेछ । अन्य तीनओटा मर्मत गरी सोही पुललाई सञ्चालन गरिने छ ।

१३ ओटा नयाँ बन्ने पुलमध्ये तीनओटा पुल निर्माणको काम सुरु भईसकेको छ भने अन्य पुलको निर्माण कार्य सुरु गर्ने तयारी भईरहेको निर्माण कम्पनीले जनाएको छ ।  सो खण्डमा पर्ने १३ ओटा निकै पुरानो र साँघुरा भएकाले नयाँ पुल निर्माण सुरु गरेको हो ।

सडक फराकिलो बनाउने काम पनि त्रिभुवन राजपथको नागढुङ्गदेखी पृथ्वी राजमार्गको मलेखुसम्म भईरहेको छ । यससँगै मलेखुदेखी मुग्लीङसम्मको खण्डमा पनि कामको सुरुवात गरिसकेको छ ।

तोकिएकै समयमा काम सम्पन्न गर्ने उदेश्यका साथ कामले तीव्रता पाएको बताउँदै पुल निर्माणको काम भने अझै छिटो सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार कम्पनीले जनाएको छ । सो सडकको नौविसे-मलेखु खण्डको स्तरोन्नतीसहित सडक फराकिलो बनाउने काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

तोकिएकै अवधीभित्र काम सम्पन्न गर्ने गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा छओटा पुलको सव-स्टक्चर निर्माण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । अहिले नौविसेदेखी मलेखु सडकखण्डमा पर्ने १६ फुलहरुको नयाँ निर्माणसहित मर्मतका लागी करिब चालीस करोड रुपैयाँ लाग्नेछ । सो सडकखण्डको निर्माणको जिम्मा शर्मा–लामा–जेडआईसीजीले पाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा सडक विभागले करीब १३ अर्ब रुपैयाँ खर्चिएर नागढुंगादेखि मुग्लिनसम्मको सडक विस्तार गर्न लागेको हो । सडक विस्तार बजार क्षेत्रमा चार लेनको बनाइने छ भने अन्य क्षेत्रमा पहाड काटेर विस्तार गर्नुपर्ने भएकाले अधिकांश स्थानमा तीन लेनको सडक हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.