रास्वपाको अनुशासन आयोगको बैठक बस्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्दैछ ।

बैठक आज ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको पार्टीका केन्द्रिय सदस्य दीपक बोहोराले जानकारी दिनुभयो । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

अडियो सार्बजनिक भएपछि सांसद श्रेष्ठले हिजो स्पष्टीकरण बुझाएका थिए । सोही विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ र सोही सिफारिसका आधारमा सांसद श्रेष्ठमाथि पार्टीले कारबाही गर्ने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.