गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रणमा आएन

गोरखा- ऐतिहासिक गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा सोमवार साँझदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

राष्ट्रिय वनअन्तर्गत गोरखा नगरपालिका वडा नम्वर ४ र वडा नम्वर ६ क्षेत्रमा सोमवार साँझ ६ वजेतिरबाट डढेलो लाग्न शुरु भएको थियो । सोमबार साँझै नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएपनि असजिलो भौगोलिक बनौटका कारण पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताउनुभयो ।

मंगलवार दिउँसो केही नियन्त्रणमा आए जस्तो देखिएपनि फेरि डढेलो फैलन शुरु भएको छ । राष्ट्रिय वनको कुहिरेभीर क्षेत्रमा डढेलो लागेको हो ।

वस्तीबाट करिव पाँच सय मिटरको क्षेत्रसम्म आगोलागी भैरहेको घिमिरेले बताउनुभयो । भीरमा फैलिएको आगो नियन्त्रणका लागि दमकलको प्रयोग गर्न पनि नसकिएको उहाँको भनाई छ । आगोलागी भैरहेको क्षेत्र नजिक गोरखा दरवार, गोरखकाली मन्दिर, नेपाल टेलिभिजनको रिपिटर टावर लगायतका संरचना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.