पाल्पा जिप दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो, पाँचजनाको अवस्था गम्भीर

पाल्पा- पाल्पामा हिजो भएको जिप दुर्घटनाका घाइतेमध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.–८, सत्यवतीस्थित केवँरेछेडामा रुपन्दहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा भएको थियो ।

दुर्घटनामा तीन जना घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका छन् ।

जसमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । जम्मा १५ जना सवार रहेको उक्त बोलेरोमा १० जना घाइते छन् । उनीहरुमध्ये पाँच जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.