जीप दुर्घटना: मन्त्रीसहित पाँचजना घाइते 

बझाङ- बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते हुनुभएको छ ।
  प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह, चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारी र जयदेवी सिंह घाइते भएका छन् । मन्त्री सिंहसहित घाइते सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.