मिटरब्याज पीडितको समस्या समाधान गर्ने विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ- मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको अनुचित लेनदेन मिटरब्याज सम्बन्धी व्यवस्था भएको सो विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

अब राजपत्रमा प्रकाशित भएपछि सो विधेयक कानुनका रूपमा कार्यान्वयन हुनेछ ।

विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्नेल गायत मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि विभिन्न कुराहरू समावेश गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो । असार ३१ मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई साउन १० गते राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.