कंग्रेस संसदीय दल बैठकः सरकार परिवर्तनका बिषयमा कुनै छलफल भएको छैनः सचेतक लेखक

काठमाडौं- नेपाली कांग्रेसका अधिकांश सांसदहरुले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले क्‍वीन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा कांग्रेस सांसदहरु शेखर कोइराला, प्रदीप पौडेल लगाएतका नेताहरु निष्पक्ष छानविन समितिमा जोड दिएका थिए ।

आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरुले धारणा राखेका थिए । सोमबार ११ बजे पुनः दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा सरकार परिवर्तनका बिषयमा कुनै छलफल नभएको बताउनुभयो । बैठकमा धेरै बिषयमा धारणा आएको भन्दै सवै बिषयलाई समेटेर भोली उचित निर्णय लिइने लेखकले जानकारी दिनुभयो ।

त्यस्तै बैठकपछि कांग्रेस सांसद एवं अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणको छानविनका बिषयमा धारणा राखेको जानकारी दिनुभयो । उहाँले सत्तामा नरहेका कारण एमालेले लगातार सदन अबरुद्ध गरेको जिकिर गर्नुभयो । उहाँले सदनबाटै सबै बिषयको हल हुनसक्ने भएकाले सदन सूचारु गर्न गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करीका बिषयमा कुनै संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताउनुभयो । अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्वीन्टल सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानविनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

त्यस्तै सांसद सुनिल शर्माले राज्यले उत्तर कोरियाको शैलीमा आफुलाई पक्राउ गर्ने काम गरेको बताउनुभयो । उहाँले सोमबार सदनमा बोल्न नपाए विद्रोह गर्ने जिकिर गर्नुभयो ।

शर्माले वर्तमान सरकारलाई छिटो विदा गर्नुपर्ने धारणा राखेको बताउनुभयो । उहाँले भन्सारको जिम्मा लिएको अर्थ र गृहलाई सुन तस्करीका बारेमा थाहा नपाउने कुरालाई जनताले नपत्याउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.