कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि घर फर्किनुभएको छ ।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो ।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी आइतबार साँझ मन्त्री क्वार्टर पुल्चोक फर्कनुभएको उहाँका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिनुभयो ।

अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.