खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्ड हत्या घटनाका अभियुक्त सार्वजनिक

सिरहा- साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया–७ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते विहान गर्दनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।

दुबै अभियुक्तले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताउनुभयो । प्रहरीका अनुसार, दुबै अभियुक्त लागूऔषध सेवनकर्ता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.