मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

यही असोज २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नु भएको हो ।

नेपाली काँग्रेसका ८ जना प्रदेश सभाका सांसदहरु र एमालेको सहयोगमा मुख्यमन्त्री हुनुभएका कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरेको छ।

विश्वासको मत प्राप्त गरेसँगै कार्कीले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.