कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबीच सम्झौता

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबै भन्दा ठुलो आधुनिक अस्पताल सनवे मेडिकल सेन्टरबीच विशेषज्ञ सेवा आदान प्रदान गर्ने बारे सम्झौता भएको छ ।

एक औपचारिक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र मलेसियाको अस्पतालबीच एकआपसमा जनशक्ति र सेवाको सहकार्यको सुरुवात गर्ने गरी मलेसियामा सम्झौता भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. मंगल रावल र सनवे मेडिकल हेल्थ केयर गुरुपको तर्फबाट प्रेसिडेन्ट डा. लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

राजदुत पौडेलले कर्णालीका नागरिकलाई विशेषज्ञ सेवाको पहुँचमा ल्याउन अहोरात्र खटिएको र कर्णाली प्रतिष्ठान बृद्धि विकासमा सम्झौताले उल्लेखीय भुमिका खेल्ने बताउनुभयो ।

उहाँले राज्य अझै कर्णालीको स्वास्थ्य क्षेत्रमा अपेक्षित लगानी गर्न नसकेको र स्रोत र दक्षताले भ्याए सम्म प्रतिष्ठानले गाउँ गाउँमा विशषज्ञ सेवा पुराएकोमा खुसी व्यक्त गर्नुभयो ।

मलेसियाको आधुनिक अस्पतालसँगको सम्झौताले दूर्गम कर्णाली क्षेत्रको स्वास्थ्य सेवा सुधारका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको उपकुलपति डाक्टर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निकै महत्वपूर्ण सम्झौता कार्यक्रम सम्पन्न भएको छ । सबैभन्दा दूर्गममा रहेको मेडिकल कलेज र उच्चतम् प्रविधिको प्रयोग गरी सेवा दिईरहेको आधुनिक मेडिकल कलेजबीचको सहकार्यले प्रतिष्ठानको बृद्धि विकासमा महत्वपूर्ण योगदान आशा छ । कर्णालीका नागरिकले समेत गुणस्तरीय विशषज्ञ सेवा पाउने छन् । प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिको एकआपसमा सहकार्यको सुरुवात भएको छ ।”

२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्यायन, अनुसन्धान तथा सेवा प्रवाहमा उल्लेखीय काम गर्दै आएको छ । यदपी राज्यको उपेक्षा र स्रोत अभावले प्रतिष्ठान समस्यामा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.