काभ्रेबाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु

काभ्रे- जिल्ला प्रशासन कार्यालय काभ्रेले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । बनेपा नगरपालिका ९ घर भई हाल क्यानाडा बस्दै आउनु भएका श्याम कृष्ण डंगोललाई काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैर आवासीय नागरिकतालाई प्रजिअ शर्मालेनै हस्तान्तरण गर्नुभएको थियो । डंगोलले नेपाली नागरिकता त्यागेर बिहीबार गैर आवासीय नागरिकता लिनुभएको हो ।

गैर आवासीय नागरिकता लिदै डंगोल भन्नुभयो लामो समयपछिको गैर आवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको छु । आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काभ्रेप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

प्रमुख जिल्ला अधिकारी शर्माले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताउनुभयो ।

उहाँका अनुसार नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो ।

गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरुलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.