सिराहाको धार्मिक पर्यटकीयस्थल कमलदह मेलामा श्रद्धालु आगन्तुकहरुको भीड

सिराहा- सिराहाको मिर्चैया नगरपालिका वडा नं ९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदह मेलामा श्रद्धालु आगन्तुकहरुको भीड लागेको छ ।
प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विहारबाट श्रद्धालुभक्तजनहरु आएका हुन् ।
मेलाको उद्घाटन गर्नु हुदै मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले गर्नुभएको हो । मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले ऐतिहासिक तथा धार्मिक स्थल कमलदहको संरक्षण सम्बर्धनसँगै पर्यटकीय क्षेत्र बनाउन आफूले पहल गर्ने वताउनुभयो ।
मेलालाई भव्य वनाउनका लागि विगतमा जस्तै यसपालि पनि नेपाल र भारतका नाम चलेका पहवानहरूको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको कमलदह मेला समितिका मुकेश यादवले जानकारी दिनुभयो ।
पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वासका कारण कमलदहमा स्नान एवम् पूजा पाठ गर्न हरिबोधिनी एकादशीका साथै तीनै दिन भक्तजन तथा दर्शनार्थीहरु आउने गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.