चिकित्सकको लाइसेन्स परीक्षामा ४८ प्रतिशत बढी फेल

काठमाडौ ‍- नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा सहभागी मध्ये ४८ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

१८३ परीक्षार्थीमध्ये ९४ जना अर्थात् ५१.३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । ८९ परीक्षार्थी अनुत्तीर्ण भएका हुन । छ जना परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरिएको काउन्सिलको सूचनामा उल्लेख छ ।

परीक्षणको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल मार्फत आवेदन दिन सक्ने ब्यवस्था काउन्सिले गरेको छ ।काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.