पर्वतीय महोत्सव पोखरामा सुरु 

कास्की – पर्यटकीय नगरी पोखरामा पर्वतीय महोत्सव सुरु भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रालय परिषद्मा ५ दिनसम्म चल्ने महोत्सव आजबाट सुरु भएको हो । महोत्सव उद्घाटन गर्नुहुँदै अर्थमन्त्री प्रकाशशरण महतले जलवायु परिवर्तनको असरको क्षतीपूर्ती नेपालले दावी गरिरहेको बताउनु हुँदै जलवायु परिवर्तनका कारण विकास लागत बढिरहेको औँल्याउनुभयो । 

अर्थमन्त्री महतले अबको पर्यटन विशिष्टतामा आधारित हुने स्पष्ट पार्नु हुँदै पर्यटन मार्फत विदेशमा गएका नागरिकहरूलाई स्वदेशमै फर्काउने तयारीमा सरकार लागि परेको दावी समेत गर्नुभयो । मन्त्री महतले ऋणीको हितलाई ख्याल गरी सरकारले हिजोदेखि ब्याजदर १ प्रतिशत घटाउने निर्णय गरेको जानकारी दिनुहुँदै ऋण लिने तर तिर्दिनौ भन्ने छुट कसैलाई नभएको स्पष्ट पनि पार्नुभयो ।

 त्यस अवसरमा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा पयर्टन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पनि धारणा राख्नुभयो । महोत्सव अन्तर्गत आज ‘गिद्धको महत्व र उपयोगिता बारे नाटक प्रस्तुत गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.