हिउँदमा पहिरो नियन्त्रणको काम शुरु

गोरखा- आरुघाट सडक खण्ड अन्तरगत गोरखा नगरपालिका-२ को कोखे-आहालेस्थित जुगेपानीको पहिरो नियन्त्रण कार्य शुरु भएको छ ।
कोखे-आहाले पहिरोले सवारी आउजाउमा बर्षेनी समस्या थपिएको थियो । भौगर्भिक अध्ययनपछि गत असोजबाट पहिरो नियन्त्रणको काम शुरु गरिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तरगतको सडभ डिभिजन तनहुँका डिभिजन प्रमुख पशुपती ज्ञवालीलले जानकारी दिनुभयो ।
हाल सम्म करिव ४० प्रतिशत काम सम्पन्न भएको र आगामी वैशाखसम्म पहिरो नियन्त्रणको काम सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
तीन करोड ७२ लाखको लागतमा पहिरो नियन्त्रणको काम शुरु भएको हो ।
उत्त क्षेत्रमा सानो पानी परेपनि सवारी आउजाउमा समस्या हुँदै आएको थियो ।
पुरै क्षेत्रलाई सुख्खा वनाउने गरी प्रत्येक चार मिटरको फरकमा २५ मिटर तल छेडेर पाइपबाट पानी निकाल्ने र सुख्खा वनाउने गरी काम भएको प्राविधिकको भनाइ छ ।
यो सडक खण्डमा दीर्घकालीन रुपमा पहिरो नियन्त्रणको प्रयास थालिएको हो ।
यो ठाउँमा २० वर्ष अघिबाट पहिरो खस्न शुरु भएको थियो ।
भिमसेन थापा, आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिका पुग्ने मुख्य सडक मार्गमा वर्षेनी बर्षादको बेला पहिरो खसेपछि सवारी आउजाउ प्रभावित बन्दै आएको थियो ।
सडक खुलेपछि माटोको हलचलले यो ठाउँ भासिँदै गएको स्थानीय बताउँछन् ।
यस क्षेत्रमा यस अघि पनि पटक-पटक विज्ञहरु आएर अध्ययन गरेका थिए । सडक पहिरोले भासिनाले बर्षामा हिलो र हिउँदमा घुलोले स्थानीयले सास्ती खेप्दै आएका थिए ।।






प्रतिक्रिया राख्नुहोस्