प्यूठानमा जन्ति सवार गाडी दु्र्घटना हुँदा पैदल यात्रीकाे मृत्यु

दाङ- जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर जादै गरेको स्करपियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।

बिहिबार विहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कापियो अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयाे ।

दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.