टिप्परको ठक्करबाट मृत्यु: चालकलाई कारबाही नहुँदासम्म शव नउठाइने

दाङ- टिप्परको ठक्करबाट मृत्यू भएका मृतकका परिवारले घटनामा संलग्न चालकलाई कारबाही र उचित क्षतिपूर्ति नपाउँदासम्म शव नउठाउने भन्दै आन्दोलन थालेका छन् ।

शुक्रबार राति घोराही उप-महानगरपालिका-१० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपुर्तिको ब्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आज दाङ बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताउनुभयो ।

मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको ब्यवस्था नभएकाले आन्दोलनका कार्यक्रमको घोषणा गरिएको जनाइएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.