गुल्मीमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न समिक्षा

गुल्मी- युडब्लूएस नेपालले गुल्मीमा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा युडब्लूएस नेपाल र स्थानीय तहको भुमिका सम्बन्धी समिक्षात्मक कार्यक्रम गरिएको छ । जिल्ला र स्थानीय तहका सरोकारवाला तहहरूलाई गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धन सम्बन्धी समिक्षा धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा कार्यक्रम गरिएको हो ।

नेपालका पिछडिएका तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक अवसर र पहुँच प्रदान गर्नका निमित्त युडब्लूएस नेपालले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका विद्यालयहरुमा सहकार्य गर्दै आएको छ ।

युडब्लूएस नेपालले जिल्लाका ६ वटा स्थानीय तहका १८ वटा विद्यलयल भवन निर्माण गरेको छ । केहि विद्यालय भवन निर्माण हुने चरणमा रहेका छन् ।

कार्यक्रममा युडब्लूएस नेपालका कार्यक्रम प्रमुख, अभिनाश झाले युडब्लूएस नेपालको स्थापना, उद्देश्य तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यसले संचालन गरेका परियोजनाहरुका उद्देश्यहरू तथा भावी योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा युडब्लूएस नेपालको एक परियोजना अन्तर्गत लैङ्गिक मैत्री समावेशी वातावरण सिर्जना गरी विद्यालय शिक्षालाई सुधार गर्न जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा समावेशी कार्यदल गठन गरिएको छ ।

कार्यदलमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सदस्य सचिव, युडब्लूएस नेपालले सहकार्य गरेका पालिकाहरुका प्रमुख-अध्यक्षहरु, उपप्रमुख-उपाध्यक्षहरु, युडब्लूएस नेपाल संस्था र सिद्धार्थ विकास केन् संस्थाबाट एक-एक जना प्रतिनिधि सदस्य रहने गरी समावेशी कार्यदल गठन गरिएको छ ।

कार्यदलले आगामी दुई वर्षसम्म प्रत्येक छ महिनामा एकपटक बैठक बसी समावेशी र समतामूलक गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न स्थानीय तहको सरकारलाई सल्लाह सुझाव प्रदान गर्नेछ ।

कार्यक्रममा स्थानीय स्तरका सरोकारवाला निकायहरूले युडब्लूएस नेपालसँग सहकार्य गरी संचालनमा रहेका विद्यालयहरूमा लागू गरिएका आना मुख्य सिकाइ र उत्कृष्ट अभ्यासहरू समेत प्रस्तुत गरेका थिए ।

युडब्लूएस नेपाल, युडब्लूएस युकेको सहयोगमा आधारित हो । यो संस्था नेपालमा वि.सं. २००२ चैत्र (सन् २०१६) मा आधुनिक प्रविधि सहित अध्ययनअध्यापन तथा सिकाई विधिको माध्यमबाट दुरदराजका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउने महत्त्वकांक्षाका साथ गैरनाफामुखी संस्थाको रुपमा स्थापना भएको हो ।

नेपालका ग्रामिण भेगमा अवस्थित सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि काम गर्दै आएको संस्था युडब्लूएस नेपालको प्रमुख उद्देश्य बालबालिकाहरुको लागि सुरक्षित कक्षाकोठा निर्माण र अध्ययनको निमित्त उत्प्रेरित गर्ने आधुनिक सुविधा तथा प्रविधियुक्त पूर्वाधारको विकास तथा व्यवस्थापन गर्नु रहेको छ ।

विद्यालय भवनले मात्र गुणस्तरीय शिक्षा दिन सकिदैन भन्ने हेतुले युडब्लूएस नेपालले रचनात्मक कक्षाकोठामा आवश्यक पर्ने स्रोतसाधनहरु, आधारभूत शैक्षिक उपकरणहरु, आवस्यकता बमोजिम शिक्षकहरुको व्यावस्थापन गर्न सहकार्य गर्नुका साथै आफ्नो शिक्षण फेलोशिप कार्यक्रम मार्फत दक्ष तथा प्रशिक्षित फेलोहरु अध्यापनको निमित्त स्थानीय सरकारको सहकार्यमा पठाउने गर्दछ ।

प्रारम्भकालदेखि यस संस्थाले संखुवासभा, गुल्मी र ताप्लेजुङमा गरि ७६ वटा विद्यालयहरुमा ५०९ ओटा कक्षाकोठाहरु निर्माण गरिसकेको छ । १३ हजार ९२८ भन्दा बढी बालबालिका लाभान्वितहरुको रुपमा सूचीकृत भइसकेको युडब्लूएसका बरिस्ठ शिक्षा अधिकृत अनुज सिग्देलले बताउनुभयो ।

विकट समुदाय जहाँ बालबालिकाहरु गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुन्छन् त्यहाँ अवस्थित सामुदायिक विद्यालयको आधारभूत तहको भौतिक निर्माण तथा सञ्चालन गर्न सहयोग गरेको उहाँको भनाइ छ ।

विद्यालयमा पाँच वर्षको सहकार्यको अवधि समाप्त भएपश्चात स्थानीय निकायलाई हस्तान्तरण गरी युडब्लूएसका उत्कृष्ट कार्यक्रमको निरन्तरताका लागि समय समयमा निरिक्षण र सुझाव समेत दिइएको सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.