वीरका निर्देशक डा.पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पौडेलको रिट निवेदनमाथि सूनुवाइ गर्दै पौडेललाई हटाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले निर्देशक हटाउने निर्णय कार्यान्वन गर्न रोक लाएसँगै वीरको निर्देशकबाट हटाइएका डा. पौडेल पुनः वीर अस्पतालमा फर्किन बाटो खुला भएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट वीर अस्पतालको निर्देशकबाट आफुलाई हटाएको भन्दै पौडेल मन्त्रालयको उक्त निर्णयविरुद्ध सर्वोच्चमा जानु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आरोप लगाउँदै डा. पौडेललाई गत  मंसिर १४ पदबाट हटाउने निर्णय गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.