अन्तिम खेलमा इङ्ल्याण्डलाइ पराजित गर्दै अष्ट्रेलियाद्वारा एकदिवसीय श्रृंखला कब्जा
काठमाडौं- इङ्ल्याण्ड र अष्ट्रेलियाबीच गएराती सम्पन्न तेस्रो तथा निर्णायक खेलमा अष्ट्रेलियाले इङ्ल्याण्डविरुद्ध रोमाञ्चक जित हासिल गर्दै ३ खेलको श्रृंखला २-१ ले हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टिम इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०२ रनको विशाल योगफल तयार पारेको थियो । इङ्ल्याण्डका लागि जोनी बेरस्टोले सर्वाधिक ११२ रन बनाएका थिए ।
जवाफमा म्यानचेस्टरको ओल्ड ट्राफोर्डकै सबैभन्दा उच्च रनको योगफल पछ्याउने क्रममा अष्ट्रेलियाको सुरुवाती ब्याटिङ खराब रहेपनि छैटौं विकेटका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारेको २१२ रनको साझेदारीको मद्दतले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै ३०५ रन बनाइ अन्तिम एक दिवसीय खेल आफ्नो हात पारेको हो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेल खेलमा म्यान अफ द म्याच र म्यान अफ द सिरिज समेत घोषित भए । यसअघि टी-२० श्रृंखला इङ्ल्याण्डले २-१ ले बाजी मारेको थियो ।-
प्रतिक्रिया राख्नुहोस्