तेह्र वर्षिया अपाङ्गता भएकी बालिका बलात्कृत

नवलपुर- पुर्वी नवलपरासीको नवलपुर देवचुलीमा रहेको जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेका छन् ।

सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो ।

घटना दबाउनका लागि स्थानीयले पटक पटक पीडित पक्षका आफन्तहरुसँग छलफल गरे पनि कुरा नमिले पछि घटना प्रहरीसम्म पुगेको स्थानीयले बताएका छन ।

बालिका बलात्कारको जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।

जिल्ला प्रहरी कार्यालयमा बालिकाका बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.